२३ भाद्र २०८१, आइतबार 1725777878
Banner

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ । मेयर नकर्मीको लामो समयदेखि दिल्लीको अस्पतालमा नियमित मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।

यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई काठमाडौंकै बीर अस्पतालमा भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।