१५ श्रावण २०८३, शुक्रबार 1785512747
Banner

आज मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए।

राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि रोकिएको थियो।

अर्थतन्त्र दबाबमा रहेका कारण यो वर्षको मौद्रिक नीति कस्तो आउला भन्नेमा सर्वत्र चासो छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने र अर्थमन्त्री विष्णु पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने दाबी गरेका छन्।