२ कार्तिक २०८१, शुक्रबार 1729245403
Banner

राष्ट्र बैंकको बोर्डबाट मौद्रिक नीति पास, केहीबेरम सार्वजनिक हुँर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको छ । आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति पारित गरेसँगै आज साव १२ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिले नीति पारित गरेको हो । सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट नीति सार्वजनिक हुने भएको छ । मौद्रिक नीति पारित गर्न बिहान ८ बजे सञ्चालक समितिको बैठक बसेको थियो ।

मौद्रिक नीतिले सुस्त रहेको अर्थतन्त्रलाई गति दिने गरी खुकुलो आउने भएको छ । यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिन कर्जा विस्तारमा सघाउने बताइएको छ । यस्तै चालूपुँजी कर्जामा केही लचक हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मूल्य वृद्धि प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२।६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५।६ प्रतिशत रहेको छ । २०७७ चैत २४ मा गभर्नरको यो अन्तिम मौद्रिक नीति हो । उनको पाँच वर्षको कार्यकाल २०८१ चैत २४ सकिँदै छ । घरजग्गा कारोबारमा आएको शिथिलताका कारण यसको प्रभाव अर्थतन्त्रमा परेको छ । त्यसैले राष्ट्र बैंकले कारोबार चलायमान बनाउन घरजग्गा खरिद प्रयोजनका लागि ‘ऋण भुक्तानी आम्दानी अनुपात’ ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत बनाइदिएको छ ।