२३ भाद्र २०८१, आइतबार 1725776118
Banner

चेक बाउन्सका आधार कालोसूची र बैंकिङ कारोबार बन्द नहुने

काठमाडौं । चेक अनादर (बाउन्स) का आधारमा कालोसूचीमा पर्ने व्यवस्था हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तै व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले चेक बाउन्सलाई मात्र आधार मानी कर्जा सूचना केन्द्र र कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्थामा हटाउन लागेको हो ।

यसका लागि राष्ट्र बैंकले विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने भएको छ ।

सरकारले समयमा भुक्तानी नगरेपछि अहिले निर्माण व्यवसायी धमाधम चेक बाउन्स भएर कालोसूचीमा परेका छन् । राष्ट्र बैंकले निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने भएको छ ।