२८ भदौ २०८३, आइतबार 1789344883
समाचार

बागलुङमा पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

बागलुङ-बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९, दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। 

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परियारको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । यस्तै, बडिगाड गाउँपालिका–१०, दर्लिङमा तीनवटा घर पुरिएका छन् ।