५ आश्विन २०८१, शनिबार 1726899617
Banner

बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्

ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरिदिएका छन् ।राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।