५ आश्विन २०८१, शनिबार 1726908926
Banner

बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार

बलेवा (बागलुङ) । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । 

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । 

पहिरोमा पुरिएका  चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।