४ भदौ २०८३, बिहिबार 1787241759
Banner

हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका थिए।

हेलिकप्टार दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको सचिवालयले जनाएको छ।