३ आश्विन २०८१, बिहिबार 1726803302
Banner

हेलिकप्टर दुर्घटनाका मृतकहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँदै

काठमाडौं। नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचै जनाको शव काठमाडौं ल्याइँदै छ । हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुने  नेपाली नागरिक क्याप्टेन अरुण मल्लसहित अन्य चार चिनियाँ नागरिकको शव काठमाडौं ल्याइएको हो ।

क्याप्टेन मल्लसहित चिनियाँ  नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं ल्याउने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ।

बुधबार दिउँसो करिब २:२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो। हेलिकप्टर काठमाडौंबाट १:५४ बजे रसुवाको स्याप्रुबेँसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कविच्छेद भएको थियो । त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको थियाे । 

यसैबीच सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। 

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहनुभएकाे छ ।