३ आश्विन २०८१, बिहिबार 1726783111
Banner

हेलिकप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहनुभएको छ । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ । आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको नाइन एन एजेडी हेलिकप्टर दुर्घटना भएको थियाे ।  दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको निधन भएको थियो ।