३ आश्विन २०८१, बिहिबार 1726731270
Banner

नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो । निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो । त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो ।

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा नेपालले २५-२२ ले जित हासिल गर्याे । पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो । चौथो सेटमा भारतले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो ।

यससँगै भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो । नेपालले लिग चरणको खेलमा भने भारतलाई हराउँदै इतिहास बनायो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो ।