३ मंसिर २०८१, सोमबार 1731939917
Banner

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं-नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान सहरी विकास मन्त्रालयमा उपप्रधान एवं सहरी विकासमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता भएको हो। भेटमा मिस्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिनुभयो।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग सोमबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्री । तस्बिरः किरणराज विष्ट/रासस

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुग्नु भएको हो । उहाँले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्नुभएको थियो। उहाँ आजै स्वदेश फर्कनुहुनेछ।