४ आश्विन २०८१, शुक्रबार 1726888369
Banner

माछामा फुड पोइजन हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

रौतहट। माछा भात खाएर  फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताउनुभएकाे छ । 

छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्षीया लालिमा राम,७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय छोरा कृष्णनन्दन राम  माछा भात खाएर सुतेका थिए ।

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताउनुभएकाे छ।