४ आश्विन २०८१, शुक्रबार 1726880269
समाचार

नबिल बैंकले अग्राधिकार सेयर निष्कासन र पुँजी बढाउन भदौ १७ गते बोलायो विशेष साधारणसभा

काठमाडौं । नबिल बैंकले नबिल ८ प्रतिशत अभिमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी बढाउने भएको छ । बैंकको आइतबार बसेको ६ सय ६२ औं सञ्चालक समिति बैठकले अग्राधिकार सेयर जारी र पुँजी वृद्धिकासाथै प्रवन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पारित गर्न भदौ १७ गते विशेष साधारणसभा बोलाएको हो ।

साधारणसभाबाट पारित भएपछि बैंकले ५ अर्ब रुपैयाँ अग्राधिकार सेयर निष्काशन गर्ने छ । बैंकको चैत १ को सञ्चालक समितिको ६५३ औं बैठकले ८ वर्ष अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार व्यक्तिगत रुपमा सेयर जारी गर्ने निर्णय गरेको थियो।

अग्राधिकार सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले ५ करोड इकाइ हुने बैंकले जनाएको छ । यसको लाभांश दर ८ प्रतिशत कायम गरेको छ । नाफा भएको वर्षमात्र लाभांश दिने बैंकले जनाएको छ । यस्तै सेयर रकम फिर्ता नहुने भएको छ ।

अग्राधिकार सेयरलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ । बैंकले पुँजीकोष बलियो बनाउन अग्राधिकार सेयर जारी गर्न लागेको हो।