५ आश्विन २०८१, शनिबार 1726979757
Banner

मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस

जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ । प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गर्नुभएको हो ।

मधेश सरकारबाट हट्ने आठ राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल हुनुहुन्छ ।