६ आश्विन २०८१, आइतबार 1727028921
Banner

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका(२ दाउन्नेमा भाँसिएको सडक मर्मत गरी केहिछिन एकतर्फी जाम खुले पनि पुनः दुइतर्फी सडक अवरुद्ध भएको छ ।

बर्षातको कारण माथीबाट लेदो सहितको पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । पूर्वपश्‍चिम राजमार्गमा २८ गते ५ बजेदेखि सडक अवरुद्ध भएको थियो । वर्षाका कारण दिनकै पहिरो जाने र लेदो खसिरहँदा सोचेभन्दा बढी काम गर्न परेकाले समयमा अवरुद्ध सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

समयमै काम सकिएन भने जाम भएर रोकिएका सवारी साधनहरुलाई एक एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गर्ने पौडेलले बताउनुभयो ।