८ मंसिर २०८१, शनिबार 1732410709
अर्थ

शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत बढेर पुग्यो ५१ करोड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदनाफा १२६.८७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शिखरले २२ करोड ६१ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । एक वर्षमा कम्पनीको खुदनाफा २८ अर्ब ६८ करोड रुपैयाँ बढाएको बुधबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

यता, कम्पनीको नाफासँगै प्रति सेयर आम्दानी पनि बढेको छ । प्रति सेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाबाट बढेर १९ रुपैयाँ ३२ पैसा कायम पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।

गत वर्ष कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसको कुल आम्दानी पनि ४.०६ प्रतिशत बढेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ ।

शिखरको सञ्चित कोषको आकार २५२.३४ प्रतिशत बढेर ३१ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।