२७ भदौ २०८३, शनिबार 1789238925
अर्थ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं। पूर्वाधारमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बुधबारको बैठकले अधिकारीलाई सिइओ बनाउने निर्णय गरेको हो।

अधिकारीले भदौ २ गते आइबारदेखि बैंकको नेतृत्व सम्हाल्नेछन्। यसअघि अधिकारी नेपाल बैंकमा सिइओ थिए । चार वर्ष कार्यकाल सकेर उनी नेपाल बैंकबाट बाहिरिएका थिए।

गत माघमा तत्कालीन सिइओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि बैंक सिइओविहीन थियो। खतिवडाको राजीनामापछि सञ्चालक समितिले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सिइओको जिम्मेवारी दिएको थियो।