३ आश्विन २०८१, बिहिबार 1726784562
Banner

बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ

ढाका – बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।

पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टि ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो ।

उता प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाइका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ । उनीहरु खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएमपीले जनाएको छ ।

यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।