४ भदौ २०८३, बिहिबार 1787238663
Banner

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका – २ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन। घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको उनले बताए।

दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ।