५ आश्विन २०८१, शनिबार 1726928327
Banner

अमेरिकी उपविदेशमन्त्री नेपालमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् । भारतीय विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री वर्मा नेपाल आएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्रीपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम छ ।

यस्तै, उनले यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।