६ आश्विन २०८१, आइतबार 1727029113
समाचार

मध्यरातमा पशुपति कोटिहोममा तनाव

काठमाडौँ । शुक्रबार राति प्रहरीले पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो ।