२७ भदौ २०८३, शनिबार 1789260409
Banner

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्नुभएको छ ।

यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो । “हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।