६ आश्विन २०८१, आइतबार 1727064419
Banner

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जानकारी गराउनुभएको छ ।

देउवासँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नु भएको छ , ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा सभापति देउवासँग कुरा गरेको बताउनुभयो ।