८ आश्विन २०८१, मंगलबार 1727158779
Banner

होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

सियोल, भदौ ७ गते । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको नौतले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो । 

आठौं तल्लाको एउटा कोठाबाट सुरु भएको आगलागी होटलभरि चाहिँ फैलिएन । तर पूरै भवन कालो धुवाँले भरिएर मानिसले ज्यान गुमाएका थिए । सिन्ह्वा