२३ कार्तिक २०८३, सोमबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 4:38 am
Banner

यात्रुवाहक बस मर्स्याङ्दीमा खस्यो

सूचना प्रेस २०८१ भदौ ७ शुक्रबार ००:००, १२:२६ बजे १ मिनेट पढाइ

 काठमाडौं, भदौ ७ गते । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको उहाँको भनाइ छ ।

शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।