८ आश्विन २०८१, मंगलबार 1727187520
Banner

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा उपस्थित भएका छन् ।

सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेसँग शुक्रबार दिउँसो बयान लिएको हो । यसअघि लामिछानेका साझेदार एवम् नेपाल प्रहरीका पूर्वडीआईजी छविराज जोशीसँग समितिले शुक्रबार नै बयान लिएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको हो ।

उनीमाथि पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको आरोप लाग्दै आएको छ ।