८ आश्विन २०८१, मंगलबार 1727180429
Banner

चितवनको सत्रकिलोमा अर्को बस पल्टियो

काठमाडौ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ।

९ जनाको भरतपुरको सरकारी अस्पताल र १० जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। डीएसपी भण्डारीले भने, ’दुई जनाको अवस्था गम्भीर छ, चार जना सकुशल छन्।

बसमा करिब ३५ यात्रु रहेको अनुमान गरिएको र घाइतेलाई उद्धार गरी अस्पताल लैजाने कार्य जारी रहेको डीएसपी रिजालले बताए।