३ आश्विन २०८१, बिहिबार 1726802696
Banner

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्रालय फेरिएको विषय असन्तुष्ट जनाउदै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मनाङेले स्वकिय सचिव सन्तोश अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पठाएका थिए ।

सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।

राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन् ।

उक्त मन्त्रालय तत्कालका लागी मुख्यमन्त्रीले नै राख्नेछन् ।