३ आश्विन २०८१, बिहिबार 1726801891
अर्थ

सहकारी पीडितको आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको सम्पुर्ण माग फिर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित तथा बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो  । यस सहमतिसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सहमतिपछि सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय  कार्यदल गठन  भएको छ । यसैबीच अनसनमा बसेका सहकारी पिडितहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल र सहकारी विभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाउनुभएको हो ।