काठमाडौँ । काभ्रेको मिरावेल रिसोर्ट एन्ड होटेल र सिद्धार्थ बैंकबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले यस रिसोर्टमा बैंकको कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा फुड, बेभरेज तथा होटेल बसाईमा समेत १५% छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।