४ आश्विन २०८१, शुक्रबार 1726846809
Banner

विद्युतीय प्रणालीमा रासायनिक मलको तथ्याङ्क राख्ने तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । मन्त्रालयले महिनदिनभित्र रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको हो । मन्त्रालयका अनुसार महिना दिनमा सो प्रणाली तयार हुने गरी आन्तरिक रूपमा सफ्टवेयर तयार गरी ‘डेमो’ भइरहेको छ ।

सो प्रणालीमा मलको आयात, सञ्चय, प्रदेश तथा स्थानीय तहलाई विभाजन हुने कोटा, विक्रेता तथा लभाग्रहीको तथ्याङ्क व्यवस्थापन गरिने छ । रासायनिक मलको लागि विद्युतीय प्रणाली बाटै आवेदन दिइनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक पटक मल प्राप्त गरेका सेवाग्रहीले मलको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।