३ आश्विन २०८१, बिहिबार 1726802519
Banner

लमहीमा मोटरसाइकल दुर्घटनामा परी  दुई युवकको मृत्यु

बुटवल । लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका घोराहीका दुई युवकको मृत्यु भएको छ । गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

लमही–घोराही सडक खण्ड अन्तर्गत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका – ६ बेलदार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा भएको थियो ।