३ भदौ २०८३, बुधबार 1787178048
समाचार

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा तीन घण्टाका लागि विद्युत् अवरुद्ध हुने जनाएको छ । सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाइएको छ ।

ती क्षेत्रमा कन्डक्टर अपग्रेडकोका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायतका क्षेत्रमा बिहान १०ः३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।