७ आश्विन २०८१, सोमबार 1727129074
अर्थ

सिटिजन्स बैंकका सेयरधनीको यो वर्ष पनि हात खाली नहुने

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार अपरान्ह बसेको ४ सय ६३औं सञ्चालक समितिको बैंठकले उक्त लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिले गत आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ। बैंकले ५६ करोड ३८ लाख रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र त्यसपछि बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ। हाल बैंकको अहिले चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।

सिटिजन्सले २०६४ वैशाख ७ गतेबाट बैंकिङ कारोबार थालेको हो । १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्सले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि गत आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेको छ । प्रस्तावितसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैंकले जनाएको छ ।