८ आश्विन २०८१, मंगलबार 1727216245
अर्थ

इभी उत्पादनमा मारुती सुजुकी, आउँदो जनवरीमा ई–भिएक्स एसयुभी लञ्च गर्दै

एजेन्सी । भारतका अटो कम्पनीहरुले धमाधम इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्न थालेका छन् । टाटा र महिन्द्रालगायतका अटो कम्पनीहरुले धमाधम इभी गाडी उत्पादन गरिरहेको छन् ।

यही बेला मारुती सुजुकीले पनि आफ्नो उत्पादन विविधिकरण गरी इभी गाडी बनाउन सुरु गरेको छ । आइसिइ गाडीमा केन्द्रीत मारुती सुजुकी अब इभीमा आफ्नो ध्यान केन्द्रीत गर्न लागेको हो । मारुती सुजुकीले आगामी सन् २०२५ को जनवरी (पुस–माघ) मा ई–भिएक्स मिडसाइज एसयुभी गाडी ल्याउने तयारी गरेको हो । मारुतीले इभी गाडीका साथै भारतभरी २५ हजार चार्जिङ स्टेशन पूर्वाधार बनाउने घोषणा गरेको छ । कम्पनीले यसअघि नै सन् २०३० सम्मको समयसीमा तोकेर ८ वटा नयाँ ईभी ल्याउने घोषणा गरेको थियो ।

नयाँ इभीको मूल्य २० लाखदेखि २५ लाख भारु पर्ने अनुमान गरिएको छ । यद्यपि मूल्य गाडीको भेरियन्टअनुसार फरक पर्ने छ । विद्युतीय एसयूभीले एक पटक फुल चार्जमा ५५० किलोमिटरको रेन्ज पाउने कम्पनीको दाबी छ ।मारुती सुजुकीले अटो एक्सपो २०२३ मा इभिएक्स एसयुभी प्रदर्शन गरेको थियो । यो मोडल २०२५ मा उत्पादन भई अवतारमा डेब्यू हुने अपेक्षा गरिएको छ । मारुती सुजुकीले भारतको २३ सय सहरमा ५ हजार १ सय सर्भिस सेन्टर राख्ने भएको छ ।

ई–भिएक्स ब्रान्डको नेक्स आउटलेटहरू मार्फत बेचिने भएको छ । सिग्मा, डेल्टा, जेटा र अल्फा भेरियन्टहरूमा प्रस्तावित हुने सम्भावना छ । नयाँ मारुती ई–भिएक्समा डिजाइन तत्वहरूमा डुअल पोड प्रोजेक्टर हेडल्याम्प, नयाँ ग्रिल, सिल्भर कलरको मल्टिस्पोक एलोय ह्वीलहरू, एलइडी टेललाइट जस्ता विशेष्ता रहेको छ । मारुतीको पहिलो इलेक्ट्रिक कारले ठूलो टचस्क्रिन युनिट, पूर्ण रूपमा डिजिटल मल्टिफंक्सन स्टेयरिङ ह्वील रहेको छ ।