८ आश्विन २०८१, मंगलबार 1727207980
Banner

दसैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला

काठमाडौँ, असोज ८ गते । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा सो विषयमा सहमति भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “असोज १२ गते शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भयो । यातायात व्यवस्था विभाग र महासङ्घबिच यस विषयमा सहमति भएको हो ।”