२७ भदौ २०८३, शनिबार 1789263969
Banner

धादिङमा कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु

धादिङ – धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

दुर्घटनामा घाइते धादिङको निलकण्ठ ११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।