२३ आश्विन २०८३, शुक्रबार 12:28 pm
Banner

काठमाडौंको मेयरमा सिर्जना सिंहको उमेदवारी मनोनयन

काठमाडौं । नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ। सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गर्नुभएको हो। सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो।