१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:27 am
Banner

प्रधानमन्त्री ओलीद्वारा बुवाको हातबाट टीका ग्रहण

सूचना प्रेस २०८१ आश्विन २६ शनिबार ००:००, १२:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् । प्राकृतिक विपदले ठूलो जनधनको क्षति गरेको अवस्थामा पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने भएको टीकाको कार्यक्रम नभएको उनले बताएका छन् ।