३१ भदौ २०८३, बुधबार 1789557374
Banner

जलेश्वरमा ५१ फिट अग्लो रावणको बध गरियो

जलेश्वर, २६ असोजः विजया दशमीको अवसरमा महोत्तरीको सदरमुकाम जलेश्वरमा ५१ फिटको रावण बध गरिएको छ । जलेश्वर नगरपालिका–१ मा रहेको वरुण सरोवरको तटमा बनाइएको दुर्गा प्रतीमाको आज बिसर्जन गर्नुअघि माता दुर्गा भवानीले महिसासुरको बध गरेको सम्झना गर्दै ५१ फिटको रावणको प्रतीमामा आगो लगाई रावण बध गरिएको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो ।

भारतीय कालिगढले रु तीन लाख ५० हजारको लागतमा बाँस, काठ, कागज, कपडा, सुतली र विष्फोट पदार्थ प्रयोग गरी निर्माण गरेका थिए । रावण बध कार्यक्रम करिब एक घण्टा चलेको थियो ।

त्यस अवसरमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहलगायत सर्वसाधारणको उपस्थिति थियो ।