काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ७१ हजार जनाको उम्मेदवारी परेको छ ।
साढे ७ बजेसम्मको विवरणअनुसार ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।