३० आश्विन २०८१, बुधबार 1729106383
Banner

मन्त्री यादवको छड्के अनुगमन : १३ कर्मचारी अनुपस्थित

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् । नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नभएको गुनासोपछि मन्त्री यादवले बुधवार मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मन्त्रालय र विभागमा गरी १३ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ’, सहसचिव पुरीले जानकारी दिए । मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका छन् ।