१ कार्तिक २०८१, बिहिबार 1729191660
विश्व

विषाक्त मदिराका कारण बिहारमा कम्तीमा २४ जनाको मृत्यु

बिहार ।  बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन्। मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी आलोक राजले भने, ‘अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको हो ।’

सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन्। राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको छ र बिहार पुलिस कडा कारबाही गर्न तयार छ,’ उनले भने । डीजीपीका अनुसार घटनाको जानकारी पाएपछि बिहार पुलिस अधिकारीहरूले प्रभावित क्षेत्रको भ्रमण गरेको छ । साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।