२८ भदौ २०८३, आइतबार 1789361998
Banner

टर्किए बस दुर्घटनामा सात जनाको मृत्यु, ३३ घाइते

टर्किएको मध्य अक्सराय प्रान्तमा शुक्रबार एउटा यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेको रिपोर्टहरूले बताएका छन् । हाल अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम गरिरहेका छन् ।

गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पत्रकारहरूलाई पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको बताउनुभयो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको र दुर्घटनाबारे अनुसन्धान थालिएको छ । दुर्घटनाको कारण अङ्कारा–अक्सरे सडक अस्थायी रूपमा बन्द गरिएको थियो । सामान्यतया टर्कीएमा सडक दुर्घटना भइरहन्छन् । यहाँ सन् २०२३ मा सडक दुर्घटनामा परी छ हजार पाँच सय ४८ जनाको मृत्यु र तीन लाख ५० हजार आठ सय ५५ घाइते भएका आधिकारिक तथ्याङ्कले उल्लेख गरेका छ ।