३ कार्तिक २०८१, शनिबार 1729341291
समाचार

दशैंमा मामाघर आएका मानन्धर हेटौंडाको होटेलमा मृत भेटिए

हेटौंडा । दशैंमा हेटौंडास्थित आफन्तको घरमा आएका काठमाडौंका एक जना व्यक्ति होटेलमा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको भनाइ अनुसार उनी दशैंमा टीका लगाउन हेटौंडास्थित मामाघर आएका थिए । मानन्धर यसअघि पनि हेटौंडा आवतजावत गरिरहँदा सोही होटेलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

शुक्रबार साथीहरुले फोन गर्दा नउठाएपछि होटेलको ढोका खोलेर हेर्दा मानन्धर मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले जनाए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतक अजयको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।