४ कार्तिक २०८१, आइतबार 1729434738
Banner

पोखरामा सुरक्षाकर्मीको तैनाथी बढाइयो

पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुँदा सुरक्षा चुनौती बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीको तैनाथी बढाइएको हो ।

राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरिएको भन्दै रास्वपाले आफ्ना नेता–कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन भनेको छ भने निश्पक्ष छानबिन गरेर न्याय दिन दबाब दिन भन्दै सहकारी पीडितहरुले पनि राष्ट्रबैंक चोकमा उपस्थितिका लागि आह्वान गरेका छन् ।