४ कार्तिक २०८१, आइतबार 1729474319
Banner

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए ।

निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् । अटेरी गरे थप बल प्रयाेग गर्न बाध्य हुने प्रहरीले  माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।

सहकारी  ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा रहेकाले उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन सहकारी पीडित समेत मुस्ताङ चाेकमा प्रदर्शन गरिरहेका छन् ।