८ कार्तिक २०८१, बिहिबार 1729753995
अर्थ

शिखर इन्स्योरेन्सको सिइओमा दीपप्रकाश पाण्डे

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपप्रकाश पाण्डेलाई नियु्क्त भएका छन् ।

सञ्चालक समितिको ३ सय ४० औं वैठकले पाण्डेलाई चार वर्षका लागि पुनः सिइओ बनाएको हो । स्थापनका कालदेखि झण्डै दुई दशकदेखि पाण्डे कम्पनीको सिइओ छन् । पाण्डेको कुशल व्यवस्थापनले गर्दा आज शिखर मुलुककै एक नम्बर बिमा कम्पनी बनेको छ ।