३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:03 am
Banner

रवि लामिछानेको म्याद थपबारेको बहस सकियो

सूचना प्रेस २०८१ कार्तिक ८ बिहिबार ००:००, १४:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ । म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपाका सभापति रवि लामिछानेबारेको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस सकिएको हो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतमा बहस सकिएपनि म्याद थपबारे आदेश भने नसकेको अदालतले जनाएको छ ।